१ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

भारतमा सात नेपाली वालवालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै

काठमाडौं । भारतका विभिन्न स्थानबाट सात जना नेपाली वालवालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती वालवालिकाहरुको उद्धार गरिएको हो ।

जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् ।

‘उनीहरुलाई हामी स्वदेश फिर्ती गराउन लागेका छौं, सबै बालबालिकाहरू मधेस प्रदेशका रहेका छन् । परिवारसँगको पुनःमिलन गराउने कार्यक्रम राखिएको छ । यही बुधबार मधेस प्रदेश डिआइजी कार्यालयमा उनीहरुलाई परिवारसँग पुनःमिलन गराउनेछौं,’ जोशीले भने ।

जोशीकै अगुवाइमा केही साताअघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि