१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

दुई वटा फर्मलाई जरिवाना, १५ लाई निर्देशन

काठमाडौँ, १५ पुसः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा केफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागका अनुसार शक्ति मार्बल्स ललितपुर एकान्तकुनालाई रु २० हजार जरिवाना गरेको छ । यस्तै, आर के ब्रदर्श ललितपुर हात्तीवनलाई रु १५ हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐको दफा ३९ १ ‘क’ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ । विभागले नियमितजसो बजार अनुगमन गर्दै कालोबजारी नियन्त्रण र स्वच्छता कायम राख्दै आएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि समेतको सहकार्यमा बजार अनुगमन तथा निरीक्षण जारी रहने विभागको दाबी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि