१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ

काठमाडौं । सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।
पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि