१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौँ, १४ पुसः ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स युएईबाट पक्राउ परेका छन् ।

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि