१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रम चितवन शाखाको आ.व.०८१/०८२ को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

भरतपुर । मानवसेवा आश्रम चितवन शाखाको आर्थिक वर्ष ०८१/०८२ को प्रगति प्रतिवेदन तथा सामाजिक लेखा परीक्षण आइतबार सार्वजनिक गरिएकाे छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संविधानसभा सदस्य गीता वाग्ले, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णचन्द्र भट्टराई, भरतपुर महानगरपालिका–३ का निवर्तमान वडाध्यक्ष चन्द्रमित्र पण्डित, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरी, प्रेमकुमार श्रेष्ठ, भरतपुर महानगरपालिकाको सामाजिक विकास शाखाकी कलावती ओझा, भरतपुर–३ की वडा सदस्य निशा परियारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले धरतीलाई ‘भूस्वर्ग’ बनाउने उद्देश्यले स्थापना भएको मानवसेवा आश्रमले केही र काेही नहुने व्यक्तिहरूकाे सेवा गरेर मनको लेखा परीक्षण गरी पारङ्गत भइसकेको संस्था भएकाले सामाजिक लेखा परीक्षण  औपचारिकता मात्र रहेकाे धारणा व्यक्त गर्नुभयो।

भरतपुर महानगरपालिका–३, बेलचोकमा अवस्थित मानवसेवा आश्रम चितवन शाखाले वि.सं. २०७२ माघ २२ गतेदेखि सेवा शुभारम्भ गरेको हो। शाखाले स्थापनाकालदेखि हालसम्म १ हजार १ सय ५० जना बेवारिसे व्यक्तिको उद्धार गरिसकेको छ भने ५ सय ५४ जनाको पारिवारिक पुनर्मिलन सम्पन्न गरिसकेको छ। हाल आश्रममा ७० महिला र २७ पुरुष गरी जम्मा ९७ जना आश्रितहरू संरक्षणमा रहनुभएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि