२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

गुल्मी, १४ पुसः गुल्मीमा पछिल्लो समयमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सोलार लिफ्ट खानेपानी परियोजनाबाट गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पु¥याइएको हो ।

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई लुम्बिनी प्रदेशबाट रु १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट रु ५५ लाख ३३ हजार, ग्रामीण प्रविधि केन्द्रबाट रु २९ लाख ६१ हजार उपलब्ध गराइएको थियो । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाबाट रु २२ लाख, वाइन टु वाटर नेपालबाट रु ५५ लाख ६२ हजार र रु २४ लाख बराबरको स्थानीय उपभोक्ताको श्रमदानबाट खानेपानी परियोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत जलवायु परिवर्तन उत्थानशिलता र जीविकोपार्जनका लागि सहयोग परियोजनामार्फत बलिथुमका अधिकांश घरमा खानेपानी पु¥याइएको छ । स्थानीय सरकारले मात्रै लगानी गर्न नसक्ने काममा दातृ निकायको सहयोगबाट उक्त परियोजना सम्पन्न गरेर घरघरमा खानेपानीको सुविधा पुगेको उपाध्यक्ष तारा थापा ढेँगा बताउछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि