१३ माघ २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

काठमाडौँ, १४ पुसः नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत रु ८९ लाख ४५ हजार ३९३ राजस्व सङ्कलन गरेको छ ।

यस्तै हुण्डी कारोबार गर्नेहरुबाट रु ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम रु ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट रु २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट रु दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट रु सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताउनुभयो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि