२ फाल्गुन २०८२, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

‘मेड इन बागलुङ मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन

ढोरपाटन बागलुङ, १४ पुसः ‘मेड इन बागलुङ मार्फत बागलुङका साना तथा मझौला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवर्द्धन र बजारीकरण गर्न थालिएको छ ।

उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादनका लागि मेड इन बागलुङ कक्ष स्थापना गरी प्रवर्द्धन गर्न थालिएको हो । स्थानीय उत्पादन मात्रै राखेर प्रचारप्रसार र बिक्री गर्ने स्टललाई ‘मेड इन बागलुङ नाम दिइएको छ ।

‘मेड इन बागलुङ स्टलमा तमानखोला गाउँपालिकामा उत्पादन भएका ऊन र ढाकाको कपडा, मकैको आटो, कोदोको पीठो, गाईभैँसीको घ्यू र तामाका भाँडाकुँडा राखिएको छ । गाउँपालिकाले छवटै वडाका उद्यमीले उत्पादन गरेका वस्तुलाई लिएर बिक्रीका लागि राखेको हो ।

तमानखोला–३ की उद्यमी गीता बुढाथोकीले गाउँमा महिला आमा समूहले वर्षौंदेखि ऊनका कपडा उत्पादन गर्दै आएको तर प्रचारप्रसार नहुँदा बजारीकरणमा समस्या भएको भन्दै ‘मेड इन बागलुङ स्टलमा राखेपछि एकै दिन ठूलो हजारौँ रूपैयाँको सामान बिक्री भएको सुनाए।

पालिकाले नै गाउँबाट बागलुङ बजारसम्म ल्याउनका लागि ढुवानीको व्यवस्थापन गरी दिएको भन्दै स्टलमा आउने धेरैले गाईभैँसीको घ्यू र ऊनका कपडा खरिद गरेर लैजाने गरेको उनको भनाइ छ । महोत्सवममा धेरै मानिसको जमघट हुने र उत्पादन भएका वस्तुको प्रचारप्रसार हुँदा आगामी दिनमा गाउँबाटै पनि बिक्री हुने अपेक्षा लिएको बुढाथोकी बताए ।

बुढाथोकीले भने, हामीहरूले गाउँमा ढाका र ऊनका कपडा बनाउन थालेको ६÷७ वर्ष भयो, तर अहिलेसम्म गाउँमा आएर किन्ने निकै कम भए, प्रचारप्रसार पनि हुन नसकेर होला बजारको साह्रै समस्या थियो, यसपालि महोत्सवमा मेड इन बागलुङ मार्फत प्रचारप्रसार हुने र बिक्री पनि हुन्छ भने पनि हाम्रो उत्पादनलाई लिएर आएका थियौँ, सोचेभन्दा राम्रो व्यापार भएको छ, अहिले प्रचार भएपछि आगामी दिनमा गाउँबाट पनि बिक्री हुनेछ भन्ने अपेक्षा लिएका छौँ ।

मेड इन बागलुङ स्टलमा ताराखोलामा उत्पादन भएको सिस्नो पाउडर, भाँगो, सिमी, मह, किबी, डाला, नाङ्ला, ठेका र अल्लोका कपडा राखिएको छ । पुस ११ गतेदेखि स्टलमा सामान लिएर राखेपछि किन्ने ग्राहकको भीड लाग्ने गरेको ताराखोला–३ की देउकुमारी रोका मगरले बताए । समूहमार्फत गाउँमा धेरै वस्तु उत्पादन हुने तर बजार नपाउँदा नष्ट हुने गरेको भन्दै महोत्सवले बिक्री वितरण र प्रचारमा ठूलो टेवा पु¥याएको सुनाए ।

मेड इन बागलुङ’मार्फत बिहुँ, सिगाना, दमेक, अर्जेवालगायतका स्थानमा किसानले उत्पादन गरेका सुन्तला, तरकारी र फलफूलसमेत बिक्री गर्न थालिएको छ । किसान स्वयम् ‘मेड इन बागलुङ’ स्टलमै बसेर बिक्री वितरण गर्ने गरेका छन् । मेला महोत्सवमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको हुँदा ‘मेड इन बागलुङ’मार्फत बिक्री वितरण र प्रचारप्रसार गर्न थालिएको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले बताए ।

महोत्सवलाई रमाइलो गर्नका लागि मात्रै होइन स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रवर्द्धन र बिक्री गर्ने थलोका रूपमा विकास गर्नुपर्छ भन्ने हिसाबले लागेका छौँ, साना तथा मझौला उद्यमी र किसानलाई निःशुल्क रूपमा बिक्री र उनीहरूको उत्पादनको प्रचारप्रसारका लागि मेड इन बागलुङ’ नाम दिएर सोहीमार्फत अगाडि बढाएका छौँ, गौतमले भने, यसले किसान र उद्यमीलाई ठूलो टेवा पु¥याएको छ, यसलाई अरू बेला पनि निरन्तरता दिन जरुरी छ ।

उद्योग वाणिज्य सङ्घले अघिल्लो वर्षदेखि बागलुङ बजारमा स्थानीय उत्पादनको बिक्रीका लागि कोसेली घरसमेत सञ्चालन गर्दै आएको छ । यस वर्षको महोत्सवमा ‘मेड इन बागलुङ’ स्टल विशेष बनेको छ । गत शुक्रबारदेखि सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म सञ्चालन हुनेछ । ‘मेड इन बागलुङ स्टल पनि महोत्सव सञ्चालन हुँदासम्म सञ्चालन हुनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि