पोखरा । हरिनास गाउँपालिका–६, हटिया, स्याङ्जा निवासी नरीकुमारी मानन्धरले स्वर्गीय श्रीमान कर्ब नारायण मानन्धरको सम्झनामा मानवसेवा आश्रम हेम्जा शाखालाई नगद सहयोग प्रदान गरेका छन्।
आश्रमका आश्रितहरूको भोजन सेवा र दैनिक व्यवस्थापन सहज बनाउन मानन्धरले २५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका हुन्। मानवसेवा आश्रमले स्वर्गीय कर्ब नारायण मानन्धरको आत्माको चीरशान्ति कामना गर्दै सहयोगी दाताप्रति हार्दिक आभार व्यक्त गरेको छ।
आश्रमको सेवा सञ्चालन सहज बनाउन मनकारी दाताहरूले आफ्ना विशेष दिनहरू पारेर गक्ष्यअनुसार सहयोग गर्दै आइरहेका छन्, जसका कारण आश्रम निरन्तर रूपमा सञ्चालनमा रहेको छ।
मानवसेवा आश्रमले सरकारको सहयोगी संस्थाका रूपमा कार्य गर्दै सरकारी आंशिक सहयोग तथा दाताहरूको सद्भावबाट सडकमानवहरूको उद्धार, उपचार, संरक्षण तथा पालनपोषण गर्दै आइरहेको छ।







