१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज बस्दैछ ।
आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे बैठक बस्न लागिएको हो । बैठकको मुख्य उद्देश्य आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने रहेको छ ।
निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज र भोलिभित्रै राजनीतिक दलहरूले ११० जना उम्मेदवारहरूको बन्द सूची बुझाइसक्नुपर्ने भएकाले एमालेले आजको बैठकबाट यसलाई टुङ्गो लगाउन लागेको हो ।
यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन समेत टुङ्ग्याउनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि