१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौँ, ११ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उहाँले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर प्रेषण केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उनले भन, आयुर्वेदको प्रभावकारी र गुणस्तरी उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।

आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्नेतर्फ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले योग र ध्यानलाई आयुर्वेद उपचारसँगै लैजान सुझाव दिए । स्वास्थ्य जीवशैली, आहारविहार र व्यवहारलाई आमजनमानससम्म पुर्‍याउन उनले आग्रह गरे ।

स्वास्थ्य बिमा कार्यक्रमको सुधार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गौतमले बिमामार्फत आयुर्वेद उपचारको सुनिश्चतता गरिने प्रतिबद्धता व्यक्त गरे । आयुर्वेदलाई पनि बिमामा जोड्नेमा प्रयास गर्नेछ, उनले भने।

सोक्रममा मन्त्री गौतमलाई चिकित्सालयका निर्देशक डा वासुदेव उपाध्यायले सेवा प्रवाह, जनशक्तिलगायत विषयमा जानकारी गराएका थिए । विसं १९७४ मा स्थापना भएको उक्त अस्पताल १०० शय्यामा सञ्चालित छ । सो अस्पतालमा २४ घण्टा नर्सिङ सेवासहित बिरामीको जाँच, निःशुल्क औषधि वितरण, विशेषज्ञ आयुर्वेद र वैकल्पिक चिकित्सा उपचार सेवा प्रदान गरिँदै आइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि