१२ पुष २०८२, शनिबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

मुख्यमन्त्री शाहद्वारा क्रिसमसको शुभकामना

सुदूरपश्चिम,१० पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्पूर्ण नेपाली इसाई धर्मावलम्बीप्रति सुख, शान्ति,समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्रीले प्रेम, करुण र शान्तिको सन्देश फैलाउने यो पर्वले सबै नेपाली बीच आपसी विश्वास, प्रेम,एकताको भावनालाई अझ गहिरो बनाउँदै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले क्रिसमसजस्ता चाडपर्वहरुले विविध धार्मिक तथा सांस्कृतिक पहिचानयुक्त समुदायहरु बीच आपसी सद्भाव, सहिष्णुताका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान गरेका बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि