९ पुष २०८२, बुधबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हमी दुल्लाहको मंगलबार परिवारसँग सुखद् पुनर्मिलन

तिलोत्तमा । सडकपेटीबाट अलपत्र अवस्थामा उद्धार गरी मानवसेवा आश्रम तिलाेत्तमा शाखाको संरक्षणमा राखिएका २० वर्षीय हमी दुल्लाह मुसलमानको मंगलबार सुखद् पारिवारिक पुनर्मिलन सम्पन्न भएको छ।

मानसिक रूपमा कमजोर अवस्थामा उद्धार गरिएका हमी दुल्लाहको आश्रम बसाइँका क्रममा आवश्यक उपचार, हेरचाह तथा पुनर्स्थापनाका लागि प्रकृिया अघि बढाइएको थियो। उपचारसँगै पारिवारिक पुनर्मिलनका लागि गरिएको खोजी तथा पहलका क्रममा परिवार मानवसेवा आश्रमको सम्पर्कमा आएपछि पुनर्मिलन सम्भव भएको हो।

आश्रममा ३ महिना १० दिनसम्म संरक्षणमा रहेका हमी दुल्लाहका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मंगलबार उनलाई परिवारको जिम्मा लगाइएको मानवसेवा आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले सरकारको आंशिक सहयोग तथा देश–विदेशमा बसोबास गर्ने दाताहरूको निरन्तर सहयोग र सद्भावका कारण देशभर २९ वटा शाखा विस्तार गरी सहयोगापेक्षी व्यक्तिहरूलाई सेवा प्रदान गर्दै आइरहेको  छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि