१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ ।

चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो ।

बुधबार सरकारी टोलीले दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहकार्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा छलफल गर्ने जनाएको छ । समितिको तालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर संवाद गरिनेछ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उक्त समितिले यसअघि प्रमुख राजनीतिक दलहरूसँग पनि संवाद गरिसकेको छ ।

सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र सहभागीमूलक बनाउने उद्देश्यले दलहरूसँग चरणबद्ध रूपमा संवाद अघि बढाइएको बताए । उनका अनुसार दलहरूको चासो र सुझावलाई समेट्दै चुनावी माहोल निर्माणमा सरकार सक्रिय रूपमा जुटेको छ ।

यसअघि समितिले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालयमा पुगेर नेताहरूसँग प्रत्यक्ष छलफल गरेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि