१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौँ, ८ पुसः ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरुमा चित्रकला कार्यशाला एवं अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रतिष्ठानको सहकार्यमा पर्वतको भवानी विद्यापीठ माध्यमिक विद्यालय, फलेवास नगरपालिका र फलेवास–५ ले सोमबार आयोजना गरेको पालिकास्तरीय प्रतियोगितात्मक चित्रकला कार्यशाला’ तथा ललितकला अन्तरक्रिया कार्यक्रममा विद्यार्थीलाई कला र सीपबारे प्रशिक्षण दिइएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकलाका विविध आयाम, क्षेत्रको चर्चा गर्दै यस क्षेत्रको उत्थान, प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको र ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गर्दै देशका सबै ललितकलाकर्मी तथा नवपुस्तालाई समेट्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।

नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले ललितकलालाई गाउँगाउँसम्म पु¥याउन संस्कृति र कला पर्यटनको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको उजागरका लागि यस किसिमको प्रतियोगिताले थप ऊर्जा थप्ने बताउँदै प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न पाउँदा खुसी लागेको धारणा राखे ।

मच्छिन्द्र शाक्य र शर्मिला खनाल प्रशिक्षक रहेका कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य राधिका कँडेल, नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत कृष्णप्रसाद आचार्य तथा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकलगायतको सहभागिता रहेको थियो । सो अवसरमा स्थानीय कलाकारको सहभागितामा कला कार्यशाला तथा डिजिटल कला प्रदर्शनी समेत गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि