२ फाल्गुन २०८२, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

रघुगङ्गा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी बेनी, ८ पुसः म्याग्दीको रघुगङ्गा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएर आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुनेगरी पालिकाका आठवटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उनले बताए । एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना नर्स समेत व्यवस्थापन गरेको छ ।

आपतकालीन अवस्थाका बिरामी, घाइते, सुत्केरी महिला तथा अतिआवश्यक स्वास्थ्य सेवाका लागि गाउँपालिकाको सबै वडादेखि सदरमुकाम बेनी र पोखरासम्म बिरामीलाई पु¥याउन र घरमा ल्याउनका लागि एम्बुलेन्सलाई प्रयोग गरिने छ । एम्बुलेन्समा अनिवार्य रुपमा एक जना नर्स र अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता हुने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने र आउने एकमुष्ठ शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि