७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

आश्रमद्वारा पुस पहिलो साता ४३ जनाको उद्धार, १७ जनाको पारिवारिक पुनर्मिलन 

काठमाडौँ। मानवसेवा आश्रमका विभिन्न शाखाहरूले पुस महिनाको पहिलो सातामा २९ पुरुष र १४ महिला गरी जम्मा ४३ जनाको उद्धार गरेका छन्। सडकपेटी तथा सार्वजनिक स्थल वा कठिन परिस्थितिमा रहेका बेवारिसे भइ जीवन व्यतित गरिरहेका व्यक्तिहरूकाे आश्रमले उद्धार गरेकाे हाे ।

उद्धार गरिएका आश्रितहरूको स्वास्थ्य स्थिति र पारिवारिक पृष्ठभूमि पत्ता लगाइ १७ जनाको पारिवारिक पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको छ। यस क्रममा स्वास्थ्य लाभ गरिरहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा परिवारकाे जिम्मा लगाइएकाे हाे ।

यस प्रकारको उद्धार र पुनर्मिलन कार्यक्रमले सडकआश्रितहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै आएको छ भने समाजमा मानवताको महत्त्वलाई पनि उजागर गर्दै आएको छ।

मानवसेवा आश्रमले आफ्ना लागि आफैं केही गर्न नसक्ने, असहाय वा कोही नभएका व्यक्तिहरूको उद्धार, जीवन रक्षा र पुनर्स्थापनाका लागि २०६९ भाद्र १३ गते मकवानपुरको हेटौँडाबाट सेवा शुभारम्भ गरेको हो। आश्रमले सरकारको आंशिक सहयोग र देश–विदेशमा बसोबास गर्ने दाताहरूको निरन्तर सहयोग तथा सद्भावबाट देशभर २९ वटा शाखा विस्तार गरी सहयोगापेक्षी व्यक्तिहरूलाई सेवा प्रदान गर्दै आएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि