३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल

काठमाडौँ, ३ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे ।

उनले चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पु¥याएको उहाँले उल्लेख गरे । चीन नेपालको लामो समयदेखिको सहयोगी छिमेकी हो, सञ्चारमन्त्री खरेलले भने, खासगरी नेपालको पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा उत्तिकै योगदान छ, यसका लागि चीन सरकार र चिनियाँ जनताप्रति आभार प्रकट गर्दछु ।

नेपालका लागि जनगणतन्त्र चीनका कन्सुलर झु फेङले चीन र नेपालबीचको सम्बन्धको विविध आयामबारे चर्चा गरेका थिए। दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तरराष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि