चितवन, ३ पुसः सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये पछिल्ला दिनमा ६० देखि ६५ रेडियोले प्रसारण बन्द गरिसकेका छन् । परम्पारगत शैलीमा सञ्चालन हुँदा रेडियोहरु समस्यामा परेका हुन ।
यसैबीच रेडियोलाई कसरी सामुदायमा टिकाराख्ने भन्ने विषयमा केन्द्रित गर्ने भन्ने विषयमा छलफल गर्ने ध्येयले भोलीदेखि सौराहामा तीनदिने सम्मेलन आयोजना हुने भएको छ । पछिल्ला वर्ष रेडियो सुन्ने स्रोता कम हुँदै जाँदा रेडियोलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल गरिने सङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए । ।
आज यहाँ अयोजित कार्यक्रममा उनले भने, सम्मेलनमा रेडियो सुन्ने मात्रै नभएर हेर्ने पनि बनाउन सक्नुपर्ने विषयमा छलफल हुन्छ । सामुदायिक रेडियोको तीन दशकको यात्रामा पुरानै शैलीमा सञ्चालन हुँदा रेडियो समस्यामा परेका हुन । सभामा प्रविधिगत परिवर्तन, समुदायसँगको सम्बन्ध र भविष्यका बाटा, डिजिटल प्रविधिमा नयाँ पुस्ताको सहभागिता, डिजिटल प्लेटफर्ममा सामुदायीक रेडियोको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ ।
सम्मेलनमा चितवनका स्थानीय तहहरुको अपनाएका अभ्यास, पर्यटन प्रबद्र्धनमा सामुदायिक वन र प्रदेश सरकारको भूमिका विषयमा पनि छलफल गरिने छ । साथै रेडियो कार्यक्रमलाई समुदायसँग जोडेर डिजिटल प्रविधिबाट कार्यक्रम ल्याउने विषयमासमेत छलफल हुने छ ।
उनले भने, सामुदायिक तथा निजी रेडियो सङ्कटका अवस्थामा पुगेका छन् । यसलाई जोगाइराख्न आवश्यक छ । समुदायसँग मिलेर अघि बढ्न आवश्यक छ ।” समुदायमा गएर समुदायसँग केन्द्रित हुँदै रेडियोका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष देवकोटाले भने अहिले रेडियो बचाउन कसरी सकिन्छ ः भनेर हामी लागि परेका छाँै । सम्मेलनमा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन अमाकका एशिया प्यासिफिक रिजनका अध्यक्ष राम भाट, निर्देशक सुमन बस्नेत, दक्षिण एशिया ब्लकका उपाध्यक्ष सुवास खतिवडासहित तीन सय सामुदायिक रेडियो सञ्चालनकहरु सहभागी हुने अनुमान गरिएको छ । सम्मेलनले चितवन घोषणापत्र जारी गर्ने छ ।







