७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गरेको छ : शंकर पोखरेल

काठमाडौं । नवनिर्वाचित एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सफल भएकाले सबैले विगतका कुराहरु विर्सेर एकढिक्क भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै संचारकर्मीहरुसँग कुरा गर्दै अनुभवी र स्वीकार्य नेतृत्व पार्टीले अनुमोदन गर्नुपर्ने भएकाले ओलीको विजयी स्वभाविक भएको बताए ।

उनले भने,‘अधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गरेका छौं । हिजो कहाँ थियो भन्ने विर्सेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । राष्ट्रका सामू उत्पन्न भएका चुनौतिहरुलाई सामना गर्न र पार्टीलाई निर्णायक शक्तिका रुपमा स्थापित गराउने कार्यभार आएको छ ।’ उनले मुलुकका चुनौतिहरुलाई चिरेर लोकतान्त्रिक दिशामा अगाडि बढ्ने म्यान्डेट आफूहरुले प्राप्त गरेको पनि बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि