७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

टोखा नगरपालिकामा ‘श्रम डेक्स स्थापना

काठमाडौँ, २ पुसः काठमाडौँको टोखा नगरपालिकामा श्रम डेक्स स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । कार्यक्रमा बोल्दै उनले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि टोखा नगरपालिकाले श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०८२ बमोजिम डेक्स स्थापना गरेको जानकारी दिए ।

नगरपालिकाले श्रम डेक्सबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, श्रमिकहरुका उजुरी तथा गुनासोको सुनुवाइ गर्ने, श्रमिक तथा रोजगारदाता विचमा असल सम्बन्ध स्थापित गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।

टोखाले नगरपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आउनसमेत अनुरोध गरेको छ । टोखाले श्रम डेक्स स्थापना गरेर श्रमिकको हकहितको लागि गरेको कार्य प्रशंसनीय रहेको श्रमिक सङ्घ संस्थाहरुले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि