७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

भद्रपुर झापा, २, पुसः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए। चालु आवको पहिलो पाँच महिनामा रु एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट रु ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत रु ४० करोड ५२ लाख ५८ हजार अन्तःशुल्कबापत रु २६ करोड १० लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८१र०८२ को मङ्सिर मसान्त सम्ममा रु एक अर्ब आठ करोड ८५ लाख २४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि