७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, २ पुसः काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

उनले भने, आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते भएका थिए । उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि