३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

काठमाडौं । यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो ।
५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ ।
चितवनको सौराहामा दुई दशक अघिदेखि आयोजना हँुदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वद्धि गरेको र चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको छ ।
महोत्सबको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज वन्यजन्तु सरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग प्राप्त भएको छ ।
यहाँका बहुल जाती, बहुभाषा र कला संस्कृतिको प्रबद्र्धन गर्दै भाविष्यको सरक्षण गर्नु पनि महोत्सवको विशेषता हो । महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा करीब ८० वटा हात्ती सहभागी हुनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि