७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

दुई दिने ‘स्पटमोसन एनिमेसन’ कार्यशाला हुँदै

काठमाडौँ, १ पुसः युक्रेनका फिल्म निर्माता पोलिना पिड्दुब्नाले काठमाडौँमा दुई दिने स्पटमोसन एनिमेसन कार्यशाला आयोजना गर्ने भएको छ ।

एनिमेसन भिडियोहरु बनाउने र सोमार्फत मानव संवेदनालाई उजागर गर्ने हेतुले कार्यशाला गर्न लागिएको आयोजकले जनाएको छ । कार्यशाला यही पुष १२ र १३ गते जोरपाटीस्थित तारागाउँ म्युजियममा हुनेछ । सहभागीहरूको सिर्जनासँगै कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको पोलिनाको फिल्म ‘मेरी हजुरआमा एक स्काइडाइभर पनि प्रदर्शन गरिने जनाइएको छ ।

बर्लिनमा बस्दै आएकी युक्रेनी मुलकी फिल्म निर्माता तथा कलाकार पोलिनाले एनिमेसनमा स्नातक गरेका छन । उनी हाल पोट्सड्यामको फिल्म युनिभर्सिटी बेबल्सवर्ग कोनराड वल्फमा एनिमेसन निर्देशकको रूपमा कार्यरत छन्। कार्यशालामा सिकाइएका एनिमेसन सहभागीले यही पुस १९ गते प्रर्दशन गर्ने समेत जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि