७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

आश्रमद्वारा ९ दिन सडकपेटीमा संघर्षरत वृद्धको उद्धार

काठमाडौँ ।  मानवसेवा आश्रम रानीवन शाखाले सोमबार एक जना बेवारिसे पुरुषको उद्धार गरेको छ। बसुन्धरा चोक क्षेत्रमा सडकपेटीमा अलपत्र अवस्थामा फेला परेका ७० वर्षीय अर्जुन श्रेष्ठलाई ग्रीनसिटी अस्पतालको पहलमा आश्रमले उद्धार गरेकाे हो।

रामेछाप घर बताउने अर्जुन श्रेष्ठको हालसम्म पूरा पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन। उनी करिब ९ दिनदेखि चिसो सडकपेटीमा जीवन–मृत्युसँग संघर्ष गरिरहेका थिए। उद्धारको समयमा उनी शारीरिक तथा मानसिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेको आश्रमले जनाएको छ।

उद्धारपश्चात मानवसेवा आश्रमले ग्रीनसिटी अस्पतालसँगको सहकार्यमा उनको उपचार सुरु गरेको छ। आश्रमका अनुसार, उनी पूर्ण रूपमा स्वस्थ भएपछि पारिवारिक पुनर्मिलनका लागि प्रक्रिया अगाडि बढाइने छ। यसैबीच, आश्रमले श्रेष्ठको पारिवारिक खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्णमा आग्रह गरेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि