७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता

काठमाडौँ, २९ मङ्सिरः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् ।

यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य रु दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिए । उनले रु ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको बताए । दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उनले जानकारी दिए ।

रु पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताए । उनका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि