७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

सोमबार मानवसेवा आश्रमको स्क्रिनिङ सेन्टर उद्घाटन

काठमाडौँ  । मानवसेवा आश्रमले सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, पहिचान तथा आवश्यक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित स्क्रिनिङ सेन्टर सञ्चालनमा ल्याएको छ। नागार्जुन नगरपालिका–१ मा रहेको उक्त सेन्टरको आज ११ः३८ बजे विधिवत् रूपमा पूजा सम्पन्न गरी उद्घाटन गरिएको हो।

संघीय सचिवालय निर्माण शाखाबाट निर्माण गरिएको उक्त भवन नागार्जुन नगरपालिकाले मानवसेवा आश्रमलाई निःशुल्क रूपमा उपलब्ध गराएको हो। आश्रमले यस भवनलाई स्क्रिनिङ सेन्टरका रूपमा विकास गरी नियमित रूपमा १०० जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

उद्धार गरिएका सहयोगापेक्षी व्यक्तिहरूको स्क्रिनिङ सेन्टर मार्फत  प्रारम्भिक अवस्था पहिचान गरिने, पारिवारिक पृष्ठभूमि पत्ता लागेकालाई परिवारसँग पुनर्मिलन गराइने, उपचार आवश्यक परेकालाई स्वास्थ्य सेवा उपलब्ध गराइने तथा दीर्घकालीन संरक्षण आवश्यक देखिएका व्यक्तिहरूलाई सेवा प्रदान गरिने  आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले उक्त स्क्रिनिङ सेन्टरलाई सहयोगापेक्षी नागरिकहरूको जीवन रक्षा, पुनर्स्थापना र सम्मानित जीवनतर्फको यात्रामा महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि