८ पुष २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै

ढोरपाटन बागलुङ, २९ मङ्सिर : यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिक सहित १० सडको काम गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतको अदालत चौपारी–सिगाना र क्षेत्र नम्बर २ को हरिचौर–पाण्डवखानी सडक कालोपत्र गरिनेछ ।

अन्य आठ वडा सहायक सडकको स्तरोन्नति गर्ने तयारी गरेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । दुई निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि रु छ लाख विनियोजन भएको उहाँको भनाइ छ । सात किलोमिटर रहेको अदालत चौपारी–सिगाना सडक कालोपत्र भइसकेको भन्दै भुक्तानी गर्न बाँकी रहेको प्रमुख सुवेदीले बताए । हरिचौर–पाण्डखानी सडकको भने आठ किलोमिटर ढलान र कालोपत्र गर्न ठेक्का सम्झौता भइसकेको उनी बताउछन।

उनका अनुसार निसीखोला र ढोरपाटन नगरपालिका जोडेको पाखुते–झिम्पा रु एक करोड ५८ लाखमा स्तारोन्नति गर्नका लागि ठेक्का प्रक्रियामा गरेको छ । काठेखोला गाउँपालिकामा पर्ने अक्षेते–मूल्यना सडक रु दुई करोड ११ लाखमा स्तरोन्नति हुँदै छ । बडिगाड गाउँपालिकाको रणसिंहकिटेनी–रमुवा सडक रु एक करोड ३२ लाख बजेटमा स्तरोन्नति गरिने प्रमुख सुवेदी बताछन।

जैमिनी नगरपालिका स्थित दरौदी–सुन्तलाचौरका रु दुई करोड ४३ लाख, बागलुङ नगरपालिकाको डाँडाथर–स्यालेपाखा सडक रु दुई करोड करोड १७ लाख, काठेखोला गाउँपालिकाको मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडक रु दुई करोड ४४ लाख र रातामाटा सडक रु दुई करोड २५ लाखमा स्तरोन्नति गर्न थालिएको उनले जानकारी दिए । यि सबै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा गइसकेको भन्दै केही दिनमै काम सुरु हुने प्रमुख सुवेदी बताउछन् ।

यस वर्ष विनियोजन भएर आएको रकम पनि केही कटौती भएका छ, योजनाहरू घटेका छैनन्, पर्याप्त बजेट नभए पनि काम अगाडि बढ्छन्, सबै सडकको ठेक्का सम्झौता भएर अगाडि बढ्ने प्रक्रियामा छन्, उनले भने, आगामी असार मसान्तसम्म सम्झौता भएका सडकको काम सम्पन्न हुनेछ, चिसो बढेको हुँदा कालोपत्र गर्नेबाहेक स्तरोन्नतिको काम हुने छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मङ्गलीखोला–धम्जा–बेलढुङ्गा सडकको ट्राक खुलेको वर्षौँ भइसक्दाप नि स्तरोन्नति नहुँद स्थानीयले सास्ती खेप्नुपरेको बताए । गाउँपालिकाको सीमित स्रोत सडक स्तरोन्नति गर्न नसकिएको भन्दै सङ्घीय सरकारको बजेटले यस वर्ष काम हुन थालेको उाले सुनाए ।

अध्यक्ष थापाले भने, त्यो सडक निकै जोखिम छ, सडकको बीचमा ठूलो भिर छ, यात्रा निकै जोखिमपूर्ण हुँदै आएको छ, धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो, यसवर्ष सङ्घीय सरकारबाट बजेट परेको हुँदा अप्ठ्यारो ठाउँमा सडकलाई सहज बनाइने छ, यही सडक हुँदै पर्यटकीय क्षेत्र बेलढुङ्गा जोडिने हुँदा स्तरोन्नति पछि पर्यटकलाई पनि समस्या हुने छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि