५ पुष २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

पासोमा चितुवा

दशरथचन्द बैतडी, २९ मङ्सिर : बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो । गए राति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनले बताए ।

अहिले सवडिभिजन बन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहँुदा समस्या हुने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि