७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

मंसिर अन्तिम साता मानवसेवा आश्रमद्वारा ३२ जनाकाे उद्धार, २० पारिवारिक पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाहरूले मंसिर महिनाको अन्तिम साता मात्रै ३२ जना सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार गरेका छन् । सो अवधिमा सबैभन्दा बढी रानीवन र रौतहट शाखाबाट ४–४ जनाको उद्धार गरिएको आश्रमले जनाएको छ ।

त्यसैगरी, मंसिरको अन्तिम हप्तामा आश्रमले २० जना आश्रितहरूको सुखद पारिवारिक पुनर्मिलन गराएको छ । विभिन्न समयमा उद्धार गरिएका व्यक्तिहरूको पारिवारिक पृष्ठभूमि पहिचान भइसकेपछि तथा पूर्ण रूपमा स्वास्थ्य लाभ गरेका व्यक्तिहरूमध्ये सम्भव हुनेहरूका लागि आश्रमले पारिवारिक पुनर्मिलन प्रक्रिया अघि बढाउँदै आएको  छ ।

आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्था रहेका तथा केही नभएका र काेही नभएकाहरूको सेवामा समर्पित मानवसेवा आश्रमले मंसिरको अन्तिम सातामा मात्र ३२ जना सहयोगापेक्षीहरूको उद्धार गरेको हो ।

मानवसेवा आश्रमले नियमित रूपमा प्रत्येक शनिबार रात्रिकालीन सडकसेवा पनि सञ्चालन गर्दै आएको छ । हिजो राति सम्पन्न सडकसेवाअन्तर्गत कास्की शाखाले २, सुर्खेत शाखाले १ र रानीवन शाखाले १  गरी जम्मा ४ जनाको उद्धार गरेका हुन् । बेवारिसे जीवन बिताइहरेका व्यक्तिहरूलाई चिसो मौसममा अलपत्र अवस्थामा फेला पारी रात्रिकालीन समयमा उद्धार गरी आश्रमले सुरक्षित आश्रय प्रदान गरेको छ ।

हाल मानवसेवा आश्रमले सरकारको आंशिक सहयोग र मनकारी दाताहरूको साथ–सहयोगमा देशभर २९ वटा शाखा विस्तार गरी दैनिक रूपमा सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, उपचार, आश्रय तथा पारिवारिक पुनर्मिलन कार्यमा सक्रिय रूपमा सेवा सञ्चालन गरिरहेकाे छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि