८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

ललितपुरबाट बेवारिसे पुरुषको उद्धार

काठमाडौँ। ललितपुर हात्तीवन, खरिबोट क्षेत्रमा अलपत्र अवस्थामा भेटिएका ३८ वर्षीय पुरुषलाई मानवसेवा आश्रमले उद्धार गरेको छ । केही दिनअघि कुकुरले टोकेको र जाडोमा रात बिताएका कारण उनको शरीर सुनिएको थियो। रामेछाप घर बताउने उनी शारीरिक रूपमा समेत कमजोर छन् ।

स्थानीयले खबर गरेपछि मानवसेवा आश्रमले तत्काल उद्धार गरी उनलाई ललितपुरस्थित नागदह आश्रममा राखिएको छ। आश्रमले उनको उपचार, खानपान र सुरक्षित आवासको व्यवस्था गरेको छ।  श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि एक्लिएका उनी घरमा कोही नभएको बताएका छन् ।

आश्रमले देशभर २९ वटा शाखा विस्तार गरी सडकपेटी, सार्वजनिक स्थल तथा जोखिमपूर्ण जीवन बिताइरहेका यस्तै केही नहुने र कोही नहुने व्यक्तिहरूको उद्धार गर्दै सम्मानपूर्वक प्रदान गर्दै आएको छ।

जाडो र वर्षा जस्ता मौसमी चुनौतीका बाबजुद पनि आश्रमले निरन्तर सेवा प्रदान गर्दै समाजका संवेदनशील समुदायको हितमा निरन्तर काम गरिरहेको छ । साथै आश्रमले सरकार र मनकारी सहयोगी दाताहरूसँग हातेमालो गरी  आफ्नो अभियानलाई थप सशक्त बनाउँदै लगेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि