३ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन् ।

शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए ।

उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव जीवनको लागि र उद्देश्यमुलक साहित्य हुनुपर्छ । साहित्यले समाजको ऐनाको रुपमा मात्र होइन त्यो भन्दा अगाडि बढेर समाजको रुपान्तरणमा पनि काम गर्छ । समाजको पथप्रदर्शकको काम गर्छ ।

त्यस्तै उनले चिन्तनले र विचारले समाजलाई बाटो देखाउन बताउँदै उनले विश्वका विभिन्न क्रान्तिहरुका प्रेरकहरु ,साहित्यकारहरु र रचनाकारहरु रहेको बताए ।

समाजउपयोगी र समाजलाई वास्तवमा सकारात्मक सहयोग पुर्याउने खालको साहित्य आजको आवश्यकता रहेको उनको भनाइ छ । आफ्ना अनुभूति र साहित्यीक प्रतिभालाई बाहिर ल्याउनुपर्ने उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि