काठमाडौँ। ललितपुर हात्तीवन, खरिबोट क्षेत्रमा अलपत्र अवस्थामा भेटिएका ३८ वर्षीय पुरुषलाई मानवसेवा आश्रमले उद्धार गरेकाे छ । केही दिनअघि कुकुरले टोकेको र जाडोमा रात बिताएका कारण उनकाे शरीर सुनिएकाे थियाे। रामेछाप घर बताउने उनी शारीरिक रूपमा समेत कमजोर छन् ।
स्थानीयले खबर गरेपछि मानवसेवा आश्रमले तत्काल उद्धार गरी उनलाई ललितपुरस्थित नागदह आश्रममा राखिएको छ। आश्रमले उनको उपचार, खानपान र सुरक्षित आवासको व्यवस्था गरेको छ। श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि एक्लिएका उनी घरमा काेही नभएकाे बताउँँछन् ।
आश्रमले देशभर २९ वटा शाखा विस्तार गरी सडकपेटी, सार्वजनिक स्थल तथा जोखिमपूर्ण जीवन बिताइरहेका यस्तै केही नहुने र काेही नहुने व्यक्तिहरूको उद्धार गर्दै सम्मानपूर्वक प्रदान गर्दै आएको छ।
जाडो र वर्षा जस्ता मौसमी चुनौतीका बाबजुद पनि आश्रमले निरन्तर सेवा प्रदान गर्दै समाजका संवेदनशील समुदायको हितमा निरन्तर काम गरिरहेकाे छ । साथै आश्रमले सरकार र मनकारी सहयोगी दाताहरूसँग हातेमालो गरी आफ्नाे अभियानलाई थप सशक्त बनाउँदै लगेकाे छ ।






