७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ, २५ मङ्सिरः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकन हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए । अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले आगनजी र तोडफोडबाट क्षतिग्रस्त जनप्रतिधिमूलक थलो संसद्को अवस्था देखेर आफू अत्यन्त दुःखित भएको बताए ।

गत भदौ २३ गते भएको जेनजी युवाको प्रदर्शनको निशानामा परेको सङ्घीय संसद् भवनमा तोडफोड भएको थियो भने २४ गते आगजनी भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि