काठमाडाैँ । ५२ वर्षीया वसना रोकाया, ठुलीभेरी नगरपालिका–६, डोल्पाकी बसिन्दा हुन् । जाे जीवनको कठोर घाउसँग संघर्ष गरिरहेकी एक्ली महिला हुन्। छोरीले आत्महत्या गरेपछि उनीमा गहिरो मानसिक आघातमा पर्याे। आमाबुबा सानैमा बितिसकेको र छोरीले पनि साथ छोडेर जाँदा उनी पूर्ण रूपमा एक्ली बनेकी थिइन्।
मानसिक रूपमा विक्षिप्त वसना सुस्त रूपमा मात्र बोल्छिन् र कान पनि कम सुन्छिन्। उनकाे हेरचाह गर्ने, साथ दिने, उपचार गरिदिन कोही नभएपछि डाेल्पाकी भीमा केसी बञ्जराको पहलमा मानवसेवा आश्रमले उनलाई उद्धार गरी संरक्षणमा राखेको छ।
उद्धारका क्रममा छिमेकी भीम केसीले समय–समयमा भेट्ने प्रतिज्ञासहित वसनालाई आश्रमको जिम्मा लगाउँदै बिदा भइन्। साथै, उनले रोकायाको उपचारका लागि मासिक ५ हजारका दरले सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेकी छिन् ।
मानवसेवा आश्रमको सहकार्य र भीमा केसीको संवेदनशीलताले वसना रोकायाको जीवनमा फेरि उज्यालो ल्याउने प्रयास भइरहेको छ। आश्रमले यस्ता हजारौँ असहाय व्यक्तिहरूलाई उद्धार गर्दै सम्मानजनक जीवन प्रदान गर्दै आएको छ।