३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

हिक भिजन ब्राण्डको बार्षिक वितरक भेला २०२५ चितवनमा

काठमाडौँ, २५ मङ्सिर : विश्व प्रसिद्ध हिक भिजन ब्राण्डको बार्षिक वितरक भेला २०२५ चितवनको सौराहामा आयोजना हुने भएको छ । नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्ने छन् ।

सम्मेलनमा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरु सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार वितरक भेलामा सूचना प्रबिधिका उद्यमी, वितरक साझेदारले नवीनतम् विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धीत फ्रेन्ड्लि सफ्टवेयरका बारेमा जानकारी लिन सक्ने छन् ।

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उनले बताए । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दो रहेका बताए । उनले भने, हिक भिजन ब्राण्ड उत्पादनको बार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवद्र्धन गर्न सहयोग मिल्नेछ ।

हाल हिक भिजन चीनबाट उत्पादित सिसिटिभी सर्भिलेन्स सम्बन्धी सम्बन्धी सिरिज घरयासी प्रयोजनदेखि पसल अफिस , विद्यालय , सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सिसिटिभी , हाजिरी उपस्थिति उपकरण , स्मार्ट इन्टरआक्टिभ बोर्ड , लक सिस्टक , गेट ब्यारिअर , अलार्म सिष्टम , फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् ।

कार्यकारी निर्देशक तामाङलले भने , हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसमान नेपालको विभिन्न स्थानबाट अधिकारी बिक्रेता मार्फत स्टलेशन को सुबिधा सहित प्राप्त गर्न सकिने छ ।”

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि