२ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मानवसेवा आश्रम बागलुङलाई क्रेनिङटन आमा समूहद्वारा ५५ हजार आर्थिक सहयोग

काठमाडौँ । यूकेस्थित क्रेनिङटन आमा समूहले मानवसेवा आश्रम बागलुङ शाखालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बागलुङ शाखाको सेवा व्यवस्थापनलाई अझ सुदृढ बनाउन समूहको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएकी चन्द्रमाया थापा मार्फत सो  रकम मंगलबार आश्रमलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति समर्पणका साथ गरिएको यस सहयोगले आश्रमको सेवा कार्यमा थप ऊर्जा मिलेको आश्रमले जनाएको छ।

परदेशबाट पनि मानवताको सेवामा हात अगाडि बढाएको भन्दै समूहलाई आश्रम परिवारले आभार प्रकट गरेको छ। मानवसेवा आश्रमले देशभर २९ वटा शाखा विस्तार गरी सडकआश्रित, बेवारिसे र असहाय व्यक्तिहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ।

मानवसेवा आश्रमले वि.सं. २०६९ साल भाद्र १३ गते मकवानपुरकाे हेटौँडाबाट औपचारिक रूपमा सेवा सञ्चालन गरेको हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि