२० माघ २०८२, मंगलवार
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन

विराटनगर, २४ मङ्सिरः विराटनगरका बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन गराउने कार्यक्रमअन्तर्गत आज नयाँ १८१ जनालाई सेवन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले जनाएको छ ।

गत कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रमअन्तर्गत कात्तिकमा १६० बालबालिकालाई स्वर्णविन्दु सेवन गराइएको केन्द्रका प्रमुख डा प्रवोध चौधरीले जानकारी दिए । उनका अनुसार एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने केन्द्रको कार्यक्रम छ ।

स्वर्णविन्दु प्राशन सुनको भष्म, औषधि मिसाइएको घ्यू र महको मिश्रणबाट तयार गरिन्छ । स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा खुवाइने उहाँले जानकारी दिए । उनका अनुसार एक पटकमा एक हजार बालबालिकालाई यो खुवाउने गरी तयारी गरिएको छ ।

स्वर्णविन्दु प्राशनले बालबालिकाको स्मरण शक्ति र बानीमा सुधार हुने, पाचनशक्ति र शारीरिक बल वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने, बालबालिका ऊर्जावान्, तेजस्वी र सुन्दर हुनेलगायत परिवर्तन हुने केन्द्रका प्रमुख डा चौधरीले बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका कविराज निरीक्षक वैजनाथ साहले यसलाई परम्परागत आयुर्वेदिक औषधिका रूपमा विश्लेषण गरे । स्वर्णविन्दु प्राशन, जसलाई सूवर्ण प्राशन वा स्वर्ग प्राशन पनि भनिन्छ, यो एक परम्परागत आयुर्वेदिक औषधि पद्दति हो, जुन एक देखि पाँच वर्षका बालबालिकालाई सेवन गराइन्छ, उनले भने ।

बालबालिकाको वर्षअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ । ब्राह्मी भन्ने एउटा जडीबुटी हो, जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्छ”, साहले भने।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि