१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

‘भारतीय कलावंत सम्मान मा नेपाली कलाकारको जित

काठमाडौँ, २४ मङ्सिरः भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजित ‘कलावंत सम्मान–२०२५ भारतनाट्यम प्रतियोगितामा नेपालका तीन कलाकारको जित भएको छ ।

प्रतियोगिता मङ्सिर २१ गते आयोजना भएको थियो । ललितपुरको सुन्धारास्थित क्लासिक कल्चर सेन्टरबाट सहभागी सवजुनियर समूह ६–१० वर्षमा सात वर्षीय विभाष स्वरुप रघुवंशी, जुनियर समूह ११–१५ वर्ष का १३ वर्षीया पंलेस्वा रघुवंशी र सिनियर समूह १६–२० वर्ष मा १६ वर्षीया सदीक्षा पौडेलको जित भएको हो ।

सव–जुनियर विजेता विभाष एसयमजी स्कूल कक्षा २ का विद्यार्थी हुन् । उनी पाँच वर्षको उमेरदेखि भरतनाट्यम साधनामा सक्रिय छन् । उनले अहिलेसम्म २० भन्दा बढी मञ्चमा प्रस्तुति गरिसकेका छन् । जुनियर विजेता पंलेस्वा नेसनल युनाइटेड स्कूलमा कक्षा ९ मा अध्ययनरत छिन् । आठ वर्षदेखि नृत्ययात्राम सक्रिय रहँदै नेपाल तथा भारतका विभिन्न राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति गर्दै आएकी छन् ।

सिनियर विजेता सदीक्षा हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् । उनले निरन्तर राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरूमा प्रभावशाली प्रस्तुति गर्दै नृत्यलाई उचाइमा पु¥याउँदै आएकी छन् । प्रतियोगितामा नृत्यसँगै गायन, वादन तथा चित्रकलाको समेत समावेश थियो । अन्तिम मूल्याङ्कनमा तीनै नेपाली कलाकारले सर्वाधिक अङ्क प्राप्त गर्दै ‘कलावंत सम्मान २०२५’ हासिल गरेका हुन् ।

गोविन्द लीला कला कौशल संस्थाका सचिव गुरु किरण साहूले नेपालमा भारत नाट्यम नृत्यको तीव्र विकासले आफूहरु प्रभावित भएको बताएका छन् । कार्यक्रम संयोजक सारिका शर्माले नेपालका कलाकारहरूको प्रस्तुति उल्लेखनीय रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि