२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहद्वारा कुटपिट

२४ पुस, काठमाडौं । विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको छ ।

उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

कलेज स्रोतका अनुसार, बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको थियो । हालै छोरा निरजले कलेज परिसरमा ‘देवेन्द्र भण्डारीलाई प्रवेश निषेध’ उल्लेखित ब्यानर टाँगेका थिए ।

सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए । त्यसक्रममा केही व्यक्तिहरुको समूह लिएर पुगेका बेला बाबुसँग झगडा भएको थियो । यसबारे बुबा देवेन्द्रले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएका थिए ।

दुई पक्षबीच छलफल गराउने तयारी भइरहेका बेला कुटपिट भएको हो । चक्रवर्ती कलेज यसअघि पनि पटकपटक विवादमा आउने गरेको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि