३ फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

पोखरामा उद्यम क्लिनिक

पोखरा, २३ मङ्सिरः पोखरा महानगरपालिकाभित्र उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक समस्याको सहजीकरणका लागि उद्यम क्लिनिक सञ्चालन हुने भएको छ । उद्यम क्लिनिक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी पोखरा महानगर पालिका र पोखरा उद्योग वाणिज्य सङ्घबीच सम्झौता भएको छ ।

सम्झौतामा पोखरा उद्योग वाणिज्य सङ्घका तर्फबाट अध्यक्ष गोकर्ण कार्की र महासचिव शोभा गौतम तथा पोखरा महानगरपालिकाका तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले हस्ताक्षर गरे।

सम्झौताको मुख्य उद्देश्य नवउद्यमी तथा व्यवसायीलाई व्यवसाय दर्ता, नवीकरण, कर शिक्षा र वित्तीय पहुँचजस्ता विषयमा एकै थलोबाट परामर्श र सहयोग उपलब्ध गराउनु रहेको आर्थिक शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

सम्झौताअनुसार पोखरा उद्योग वाणिज्य सङ्घले उद्यम क्लिनिक सञ्चालनका लागि आवश्यक स्थान हल, प्रशासनिक सहयोग र भौतिक पूर्वाधार उपलब्ध गराउनेछ । व्यवसायीका गुनासा सङ्कलन गर्ने, करको दायरामा नआएकालाई सचेत गराउने र व्यवसाय विस्तारमा सहजीकरण गर्ने जिम्मा सङ्घको हुनेछ ।

व्यवसाय प्रवर्द्धन केन्द्र पोखरा महानगरपालिका० ले क्लिनिक सञ्चालनका लागि योग्य ‘क्लिनिक सञ्चालक को छनोट तथा नियुक्ति गर्नेछ । सञ्चालकको पारिश्रमिक, तालिम र क्लिनिकको अनुगमन तथा नियमनको जिम्मा महानगरले लिएको छ ।

दैनिक सेवा विवरण, सेवाग्राही सङ्ख्या तथा समस्या समाधानको अवस्था दुवै संस्थालाई नियमित प्रतिवेदन गर्ने व्यवस्था छ । सम्झौता एक वर्षसम्म मान्य हुनेछ र आपसी सहमतिमा म्याद थप गर्न सकिनेछ जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि