४ फाल्गुन २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

दमौली तनहुँ, २३ मङ्सिरः म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ ।

यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रुपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता बमोजिम दैनिक रुपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने छ । आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आँखा उपचार केन्द्र सञ्चालनका लागि प्राविधिक र उपकरण हिमालय आँखा अस्पतालले र उपचार केन्द्र र सहयोगी म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालयआँखा अस्पताललाई वार्षिक रु छ लाख उपलब्ध गराउनेछ भने बिरामीहरुबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानी हुनेछ ।

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रुपमा सञ्चालन गर्नका लागि आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त सहयोग समितिको संयोजकमा थर्पु आधारभुत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सह–संयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

त्यस्तै सदस्यहरुमा म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि