३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन् ।

आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।

सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे । उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए ।

प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो । त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस्तार चाँडै हुने जानकारी दिए ।

विश्वासको मत लिनु भन्दा पहिला पनि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । अहिले मुख्यमन्त्री यादवसंग अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि