७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय स् सञ्चारमन्त्री खरेल

पाटन ललितपुर, २१ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका छन ।

श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरमा आजदेखि सुरु भएको श्रीमत्तारतम सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को सुभारम्भका अवसरमा उनले आगामी निर्वाचनमा सही प्रतिनिधि छनौट गर्न आग्रह गरे ।
उनले भने वर्तमान सरकार जेनजेड आन्दोलनको जगमा गठन भएको हो । सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो । यसमा सहयोग गर्न म सबैमा आग्रह गर्दछु । मन्त्री खरेलले धर्मको महत्त्व र महिना उच्चकोटीको रहेको चर्चा गरे ।

महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भावलाई अनुशरण गर्दै समाजसेवामा लाग्न जोड दिए । आयोजक समितिका अध्यक्ष राजन थापाले असक्तलाई सहयोग गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी गराए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि