५ पुष २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली, १९ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारजगत्को महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम लोकतान्त्रिक व्यवस्थालाई थप संस्थागत गर्न पनि पत्रकारबाट सोही अनुसारको भूमिका अपेक्षा गरिएको बताए । मुख्यमन्त्री शाहले भने, जनतालाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउन मिडियाकर्मीको ठूलो भूूमिका छ । यस भूमिकालाई थप सशक्त बनाउँदै लैजानुपर्छ । यसले समग्र क्षेत्रको सम्मान बढ्नेछ ।

उनले समग्र व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई विकास गर्ने सन्दर्भमा सरकार मिडियालाई साथमै लिएर अगाडि बढ्ने भन्दै यस क्षेत्रको विकासका लागि पनि सरकार साथमा रहेको बताए ।

मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेका कामको आलोचनात्मक समीक्षा गर्दै राम्रो कामका लागि झक्झक्याइरहन आग्रह गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि