१२ माघ २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ महानगरपालिकाद्वारा सडकआश्रितकाे व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सम्झौता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार र व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सम्झौता गरेको छ। सम्झौताअन्तर्गत आश्रमलाई घर भाडा, मानव व्यवस्थापन र स्क्रिनिङ कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ। सम्झौताको अवधि २०८३ असार मसान्तसम्मका लागि तय गरिएको छ।

बुधबार सम्झौता पत्रमा उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र आश्रमकी सहकोषाध्यक्ष सुमिरा लामाले हस्ताक्षर गरेका हुन् ।

उपप्रमुख डंगोलले भने, “सडकमा बेवारिसे बनेका व्यक्तिहरूलाई मानवोचित व्यवस्थापन र पर्याप्त स्याहार आवश्यक छ। यही आवश्यकता पूरा गर्न हामीले मानवसेवा आश्रमसँग सहकार्य गरेका हौँ। सबै नागरिकलाई सुरक्षा र संरक्षण उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो ।”

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँका अनुसार, “सडकमा रहेका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गरी आवश्यकताका आधारमा वर्गीकरण गरी सहयोग उपलब्ध गराइनेछ।”

महानगरपालिकाले विभिन्न कारणले घरबारविहीन भइ सडकपेटी र सार्वजनिक स्थलमा जीवन बिताइरहेका मानिसहरूको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनका लागि १ करोड रुपैयाँ उपलब्ध गराउनेछ। मानवसेवा आश्रमले यसमा ३० प्रतिशत थप गरेर काम गर्नेछ।

उद्धार गरिएका व्यक्तिहरूलाई खाना, औषधि उपचार र सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मा आश्रमले पाउनेछ। हप्तामा एकपटक, राति ८ बजेदेखि १० बजेसम्म महानगर प्रहरी र आश्रमका अभियन्तासहित उद्धार कार्य सञ्चालन हुनेछ। उद्धार गरिएका व्यक्तिहरूको फोटोसहित विवरण महानगरपालिका र नजिकको प्रहरीमा बुझाउनु पर्नेछ। साथै, उमेरअनुसार पोषण प्याकेज उपलब्ध गराइनेछ।

सम्झौता अनुसार, आश्रमले उद्धार, उपचार र पालनपोषण गरेको व्यक्तिहरूलाई परिवारसँग पुनर्मिलन गराउँदा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई जानकारी उपलब्ध गराउनुपर्नेछ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि