७ पुष २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

चरा संरक्षणमा चासो

तानसेन पाल्पा, १८ मङ्सिरः चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण लगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।

उनीहरुले गोष्ठी, छलफल र ‘फिल्ड स्टडी’ गरी चरा संरक्षणमा चासो देखाएका छन् । बुधबार पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका चरा संरक्षणकर्मी यहाँ आएका छन् ।

उनीहरुले सरोकारवाला निकायसँग छलफल र चराको अहिलेको अवस्थाका बारेमा जानकारी गराएका छन् । गोष्ठीमा सहभागीहरुले लोप हुँदै जान थालेका चराहरुको संरक्षणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले मानविय कारणले नै चरा सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको संरक्षण पनि मानवले नै गर्नुपर्ने बताए।

कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मोहनप्रसाद श्रेष्ठले वातावरण र चरा संरक्षणमा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।उनले समुदाय स्तरमा सचेतना जगाउन सके चरा संरक्षण गर्न सकिने बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ पाल्पाकी सचिव लक्ष्मी ज्ञवालीले पशुपंक्षी संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आफुहरुले यी क्षेत्रमा काम गर्दै आएको बताए । नेपाल पत्रकार महासङ्घका सचिव रामचन्द्र रायमाझीले चरा, वातावरण र मानिसबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले चरा र वातावरण संरक्षणमा सबैले चासो देखाउनुपर्ने बताए ।

उनले चरा लोप हुँदै गर्दा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । सचिव रायमाझीले भन, चरा संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्न जरुरी छ, यसतर्फ नेपाल पंक्षी सङ्घले स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्छ ।

कार्यक्रममा नेपाल पंछी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराका लागि महत्वपूर्ण क्षेत्रहरु, आगामी कार्यक्रम तथा प्रजाती संरक्षणमा चालिएका विभिन्न कदमका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा गुल्मीमा चरा संरक्षण तथा जिवीकोपार्जन सहयोग परियोजनाका अधिकृत शम्भु भट्टराई, रेसुङ्गा, मदाने, थाप्ले सत्यवती वन संरक्षण क्षेत्र गुल्मीका परियोजना अधिकृत नवराज पोखरेलले गुल्मीमा पाइने चराहरुको अवस्था, चुनौतीका र विसिएनका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाइले नाम्खा गाउँपालिका हुम्लामा पाइने कालीकण्ठ सारसको अवस्था र चुनौतीका बारेमा प्रस्तुती राखेका थिए ।

गोष्ठीमा लोप हुन लागेका चराको संरक्षणमा सबै निकाय एक भएर लाग्ने प्रतिबद्धता जनाइएको अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेले बताए । पाल्पामा पनि चराहरुकमे बासस्थान मासिँदै गएकाले चराहरुको संरक्षणमा चुनौती थपिएको खैरेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छायाँप्रकाश पंगेनीले उल्लेख गरे । छरछरे वनका सल्लाहकार निरञ्जन भुसालले आगामी दिनहरुमा पनि चरा संरक्षणमा बहस र सचेतनाका कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि