७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीसँग बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुको भेट

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरुले प्रधानमन्त्री शुसीला कार्कीसँग भेट गरेका छन् ।

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरुले परियोजना छिटो भन्दा छिटो सुरु गर्न माग राखेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भटट्राईले जानकारी दिए ।

त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालसँग पनि आफूहरुले भेट गरेको जानकारी दिए ।

उनले भने, ‘बुढीगण्डकी जलविद्युत परियोजना अलपत्र परेको छ जसले गर्दा गोर्खा र धादिङका प्रभावित क्षेत्रका जनता असाध्यै उद्देलित भएका छन् । त्यसैले त्यहि क्षेत्रका पूर्व जनप्रतिनिधिहरु भएको नाताले दुई वटा क्षेत्रकै जनप्रतिनिधिहरु र सरोकार समाजका प्रतिनिधिहरु सहित आज हामीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरेका छौं । हामीले हाम्रो सुझाव र मागहरु प्रस्तुत गरेका छौं । बुढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो सुरु गर्नुपर्यो भनेर कुरा राखेका छौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि