४ फाल्गुन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार समाचार

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

जुम्ला, १७ मङ्सिरः जुम्लाको सिञ्जा गाउँपालिकाले सञ्चालन ल्याएको बृहत् विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरबाट २७२ जनाले सेवा लिएका छन् । गाउँपालिकाको ग्रामीण भेगमा पर्ने वडा नं ६ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५२ महिलासहित २७२ जनाले सेवा लिएका हुन् ।

शिविरमा महिलाको पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण, हाडजोर्नी सम्बन्धी चेकजाँच, बालरोगसम्बन्धी, अन्य सामान्य परीक्षण, किशोरकिशोरी परिवार नियोजन परामर्श लगायत सेवा दिइएको हो । शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले स्थानीयको स्वास्थ्य चेकजाँच गरेका गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

उक्त शिविर गाउँपालिकाको आयोजना र गैरसरकारी संस्था पेस नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए । स्थानीयस्तरबाट स्वास्थ्य जाँच सेवा पाएपछि स्थानीय खुसी भएका उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि